आङ्देम्बेको सम्बोधनले संसद् ततायो


काठमाडौं ।

प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद्को पहिलो अधिवेशनमै दिएको सम्बोधनले व्यापक चर्चा बटुलेको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेपाल–भारत सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै आङ्देम्बेले सत्तारूढ पक्ष, प्रधानमन्त्री र सभामुखलाई लक्षित गरी ओजपूर्ण ढंगले धारणा राखेका थिए।

उनको भाषणका भिडियो क्लिपहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् भने विश्लेषकहरूले प्रतिपक्षको भूमिकालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको टिप्पणी गरेका छन्।