नेपालको संसद्मा अनुभवी नेताहरूको अनुपस्थिति: अवसर कि चुनौती?

940
Shares

२०८२ को चुनावमा प्रमुख पार्टीका प्रमुख नेताहरुलाई  जनताले नपत्याएका कारण संसद् बाहिर छन्। सोही चुनावी नतिजा बाट झन्डै दुई तिहाइको नजिक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ  नेता बालेन्द्र शाह अहिले प्रधानमन्त्रीको रुपमा  सरकारको बागडोर सम्हालीरहेका छन्।

आम निर्वाचन २०८२ ले नेपालको राजनीतिक परिदृश्यमा ठूलो भूकम्प ल्यायो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा  स्पष्ट बहुमत प्राप्त गर्दा नेपाली कांग्रेसका सभापति गगन थापा लगायत अनुभवी नेताहरु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल, विष्णु पौडेल,शंकर पोख्रेल लगायत धेरै राजनीतिमा जेल नेल खाएर खारिएका नेताहरुले हार बेहोरे ।

 नेपाली कम्युनिस्ट पार्टीका माधव नेपाल, झलनाथ खनाल, नारायण काजी श्रेष्ठ जस्ता दिग्गज नेताहरू चुनावी परिणाम वा अन्य कारण बाट आजको संसद्बाट बाहिरिए। जनताले पुराना अनुहारहरूलाई अस्वीकार गर्दै नयाँ अनुहारहरूलाई अवसर दिए। यो परिवर्तनले देश, पार्टी र राजनीतिलाई स्पष्ट रुपमा परिवर्तनको जनमत दिएको देखिन्छ। 

अनुभवी नेतृत्वको अभावले पार्ने असर 

संसद्को हालको अवस्था हेर्दा साँच्चै नै अनुभवी नेताहरूको अनुपस्थितिले संसद् कमजोर भएको हो की भन्ने भान परिरहेको छ । जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाह को आकस्मिक प्रश्नोत्तर कार्यक्रम र प्रमुख पर्तीपक्ष नेपाली कांग्रेसका नेता भिस्म राज अंगदेबको शब्दमाभन्दा छापामार शैलीमा संसद्मा प्रधानमन्त्री आएर नेपालले पनि भारतको सिमाना मिचेको रहेछ भन्ने कुरा आफू प्रधानमन्त्री भयपछि नै थाहापाएको भन्ने कुरा सार्वभौम संसद्मा बोलिदिँदा संसद् निरन्तर अवरोध हुँदै आएको छ । बुधबारको बैठकमा श्रम संस्कृति पार्टीले ले बेल नै घेराउ गर्‍यो। 

आम निर्वाचन बाट बाहीरीएका प्रमुख पार्टीका  नेताहरूले दशकौंदेखि देशको राजनीति, संविधान निर्माण, शान्ति प्रक्रिया, अन्तर्राष्ट्रिय सम्बन्ध र संकट व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेका छन्। जेलनेल खाएका, आन्दोलनमा होमिएका र बारम्बार प्रधानमन्त्री बनेका शेर बाहादुर देउबा, केपी ओली, माधव नेपाल, झलनाथ खनाल जस्ता व्यक्तिहरूको अनुभवले संसदीय छलफल, नीति निर्माण र समाधानमा गहिरो योगदान दिन सक्थे भन्ने जनतामा आभास भैइरहेको छ। यद्यपि, विगतमा प्रमुख पार्टीहरूको गठबन्धन सरकारका चर्तिकला जनताले भोगेकै हुन्।

आम जनमानसमा, जवान सांसदहरूले तत्कालै त्यो स्तरको समझदारी र कूटनीतिक कौशल देखाउन सक्दैनन्,संसद्मा बहसको गुणस्तर घट्न सक्छ, दीर्घकालीन नीतिहरूमा अस्थिरता आउन सक्छ र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सम्बन्ध व्यवस्थापन प्रभावित हुन सक्छ की भन्ने चिन्ता देखिन्छ।। यधपी हालै परराष्ट्रमन्त्रीको भारत भ्रमणको सिलसिलामा मन्त्री शिशिर खनालले भारतीय टिभीलाई दिएको अन्त्रबर्तामा नेपाली भूमि प्रतिको अडानको धेरै ले  खुलेरै प्रशंसा  गरेका पनि छन्। 

राजनीतिक विश्लेषक पुरन्जन आचार्य  भन्छन् अहिले संसद् कमान्डर बिहीन भएको छ। प्राय अनुभवी र पार्टीका प्रमुख नेता संसद्मा नहुनु भनेको राजनीतीक क्षयीकरण हो। उनी भन्छन् पार्टी भित्र रर्याङ्गकिङमा नरहेका नेताहरु संसद्मा छन्  यद्यपि राम्रै उपस्थिती देखाई रहेका छन् तरपनि ब्यक्तिव निर्माण संसद्मा बोलेका कुराले हुन्छ, सारा जनताले त्याहा बोलेका कुराहरु सुनिरहेका हुन्छन् तसर्थ कुनै आफूले पक्का जित्छु भन्ने ठाउँ  त्यस्तो छ भने पार्टीका सांसदलाई  विथड्रअ गराएर भएपनि पाका अनुभवी नेताको उपस्थिति संसद्मा हुँदा  राम्रो हुने,यद्यपि संविधानको अहिलेको ब्यबस्था हेरिनु पर्ने उहाँको तर्क रहेको छ।   
अनुभवी नेताहरू बाहिर रहँदा संसद्को प्रयोग अनुभवहीन र कानुन निर्माणमा त्रुटि बढ्न सक्छ। विपक्षी नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाह सरकारको संसदीय उपस्थितिमाथि नै प्रश्न उठाइरहेका छन्, जसले अनुभव र संसद् प्रतिको जबाफदेहिता झल्काउँछ।

जनताको फैसलाको सकारात्मक पक्ष 

अर्कोतर्फ, यो परिवर्तनलाई जनताको स्पष्ट सन्देशको रूपमा हेर्न सकिन्छ। पुराना नेताहरूले भ्रष्टाचार, अस्थिरता, गठबन्धनको खेल र विकासको ढिलासुस्तीबाट जनतालाई निराश बनाएका थिए।भदौ २३  र २४ को युवा आन्दोलनले यो असन्तुष्टिलाई जरै बाट उजागर गर्‍यो। नयाँ अनुहारहरूले ऊर्जा, नवीनता र जवाफदेहिताको आशा आम जनतामा जगाएका छन्। रास्वपाको बहुमतले स्थिर सरकार दिन सक्छ, जसले सुशासन, युवा रोजगारी, कानुन को सासन र आर्थिक सुधारमा ध्यान केन्द्रित गर्न सक्छ भन्ने ठुलो आसा पालएको छ। अनुभवी नेताहरूले बाहिरबाट सल्लाह दिन सक्छन्,सत्ताको चक्रव्यूहबाट मुक्त भएर नयाँ पुस्ताले नयाँ सोच ल्याउन सक्छ। पुरानाको अनुभब र नयाको जोस जागरले देश विकास को नाया ढोका खोल्न सक्छ। 

गगन थापाले निर्वाचनअघि र पछि निरन्तर परिवर्तनु को कुरा गरिरहेकै छन्। ओलीले पनि चुनावी  परिणामपछि पार्टी पुनरुत्थानको प्रयास गरिरहेका छन्, तर जनताले पुरानै अनुहारुलाई अस्वीकार गरेको कुरा भने स्पष्ट छ। कुनै पनि पार्टीमा प्रमुख नेताले अनुभवी र नयाको विषयमा प्रत्यक्ष बोलेको सुनीदैन । आफ्नो हारको कारण पार्टीले लीएको गलत निती र युवा पुस्ताको भावना नबुझदाको परिणाम भनेर सबै पार्टीले स्विकारेकै छन्। तर कतिपय पाका विपक्षीहरूले संसद्मा अनुभवको कमी औंल्याइरहेका छन्।

निष्कर्ष 

अनुभवी नेतृत्वको अनुपस्थिति अवसर र चुनौती दुवै हो। चुनौती भनेको नयाँ सांसदहरूले बिना गल्ती सावधानी पूर्वक सिक्नु, संस्थागत ज्ञान हासिल गर्नु र स्थिरता कायम राख्नु हो। अवसर भनेको नयाँ ऊर्जासँग पुराना गल्तीहरू नदोहोर्‍याउन हो। पार्टीहरूले आन्तरिक लोकतन्त्र मजबुत पारेर नयाँ पुस्तालाई तयार पार्नुपर्छ। देश अगाडि बढ्न अनुभव र नवीनताको सन्तुलन आवश्यक छ। जनताले दिएको यो मौका सदुपयोग भएमा नेपालको राजनीति नयाँ उचाइमा पुग्न सक्छ। अन्यथा, अस्थिरता दोहोरिन सक्छ र जनता सार्वभौम हुन् चुप चाप हराउन सक्छन् भन्ने ख्याल अनुभवी, पाका र नयाँ सबै राज्नितिज्ञले बुझ्नु जरुरी छ।