लन्डन, (एजेन्सी) ।
ब्राजिलका स्टार फुटबलर नेयमारको फिटनेसलाई लिएर ठूलो राहतको खबर सार्वजनिक भएको छ । ब्राजिलीयन फुटबल कन्फेडेरेशन (सीबीएफ) ले बतायो कि दायाँ खुट्टामा लागेको चोटबाट उनी मुक्त भइरहेका छन् ।
सीबीएफले जनाएअनुसार ३४ वर्षीय नेयमारको रिकभरी सोचेजस्तो भइरहेको छ । तर, उनको मैदानमा फर्कने कुनै निश्चित भने नभएको जनाएको छ । सीबीएफले बतायो कि उनले सुरुआती समूहको एक खेलमा खेल्न पाउने छैनन् । तर, उनले दोस्रो खेलमा भने खेल्नेछन् ।
नेयमारले ब्राजिलका लागि १ सय २८ अन्तर्राष्ट्रिय खेलमा ७९ गोल गरेका छन् । उनी ब्राजिलका सदाबहार गोलकर्तामा शीर्ष स्थानमा छन् । उनको उपस्थितले ब्राजिलले छैटो पटक विश्वकप जित्ने अपेक्षा पनि गरिएको छ ।
समूह ‘सी’ मा रहेको ब्राजिलले विश्वकप २०२६ अभियानको सुरुआत जून १३ मा मोरक्कोविरुद्ध गर्नेछ । यसपछि टोलीले स्कटल्यान्डसँग खेल्नेछ । यो खेलमा नेयमारले खेल्ने निश्चित भएको बताइएको छ ।











प्रतिक्रिया