नेपाली बक्स अफिसमा यम थापाद्वारा निर्देशित फिल्म लालीबजारले उल्लेखनीय व्यापार गरिरहेको छ।
चलचित्र विकास बोर्डअन्तर्गतको आधिकारिक सिनेपाः बक्सअफिस प्रणालीले आइतवार राति ११ः५९ बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार लालीबजार सबैभन्दा धेरै कमाइ गर्ने स्वदेशी फिल्म बनेको छ। फिल्मले हालसम्म २ लाख ९८ हजार ३ सय २७ टिकट बिक्री गर्दै ८ करोड ७८ लाख ५ हजार ९ सय १८ रुपैया ९ पैसा ग्रस कलेक्सन गरेको छ।
कमाइको सूचीमा दोस्रो स्थानमा रहेको परालको आगोले १ लाख ५४ हजार २ हजार ३६ टिकट बिक्रीबाट ४ करोड २८ लाख २२ हजार ४ सय ४५ रुपैया“ २० पैसा ग्रस कलेक्सन गरेको छ।
त्यसैगरी मितज्यूले ४६ हजार ५ सय ३३ टिकट बिक्री गर्दै १ करोड ३२ लाख १२ हजार ५ सय ४७ रुपैया २५ पैसा कमाइ गरेको छ। रोल नम्बर १ को व्यापार लाजमर्दो पाइएको छ। फिल्मले जम्माजम्मी ३२ हजार १ सय ८८ टिकट बिक्रीबाट केवल ९४ लाख ९९ हजार ६ सय ८० रुपैया“ व्यापार गरेको छ।
जेठ ८ गते प्रदर्शनमा आएको काजीको व्यापार झनै दयनीय देखिएको छ। यो फिल्मले १४ हजार २ सय ६९ टिकट बिक्री गर्दै जम्माजम्मी ४४ लाख ३८ हजार ९ सय ६५ रुपैया मात्रै व्यापार गरेको छ। सानो बजेटको फिल्म लाइफ ड्यामेजले १२ हजार २ सय ४८ टिकट बिक्रीबाट ३४ लाख ४० हजार ७५ रुपैया उठाएको छ। अर्को फिल्म कुम्भले त झनै पानी माग्न पनि सकेको छैन। यो फिल्मले १ हजार ४ सय ४४ टिकट बिक्री गर्दै जम्माजम्मी ३ लाख ३२ हजार ४ सय ९० रुपैया मात्र कमाइ गरेको तथ्यांकमा उल्लेख छ।
सार्वजनिक तथ्यांकअनुसार प्रदर्शनरत नेपाली फिल्ममध्ये लालीबजारले अन्य फिल्मको तुलनामा निकै फराकिलो अग्रता कायम गरेको छ। कलेक्सनको हिसाबले परालको आगो दोस्रो स्थानमा रह“दा मितज्यू तेस्रो स्थानमा रहेको छ।











प्रतिक्रिया