आज देशका धेरै स्थानमा वर्षाको सम्भावना


काठमाडौं ।

वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा अन्य प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने अनुमान गरिएको छ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ भने मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।