काठमाडौं ।
नेपाल व्यवस्थापन संघ (MAN) को आयोजनामा काठमाडौँको होटल रेडिसन, लाजिम्पाटमा “बजेटपछिको विश्लेषण र मौद्रिक प्रहरी पूर्व छलफल”शीर्षक विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आर्थिक वर्ष २०८३/८४ को बजेट समीक्षा गर्दै आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन गरिएको थियो।
पहिलो सेसनमा पूर्व अर्थमन्त्रीहरू, सांसद तथा विज्ञहरूले बजेटको आकार, राजस्व लक्ष्य, पुँजीगत खर्च र संरचनागत सुधारका विषयमा छलफल गर्दै नीति कार्यान्वयनमा कमजोरी रहेको औँल्याएका थिए। दोस्रो सेसनमा मौद्रिक नीतिको दिशा, तरलता व्यवस्थापन, कर्जा प्रवाह र ब्याजदर सन्तुलनबारे प्राविधिक छलफल गरिएको थियो।
कार्यक्रममा विज्ञहरूले नेपालमा मुख्य चुनौती लक्ष्यभन्दा पनि कार्यान्वयन (execution) भएको उल्लेख गर्दै नतिजामुखी काममा जोड दिनुपर्ने बताए। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरले मौद्रिक नीति आर्थिक वृद्धि र वित्तीय स्थायित्व सन्तुलन गर्दै ल्याइने र सुझावहरूलाई गम्भीरतापूर्वक लिइने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अन्त्यमा संघकी अध्यक्षले बजेट र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि बलियो कार्यसम्पादन क्षमता आवश्यक रहेको भन्दै प्राप्त सुझावहरू समेटेर प्रतिवेदन सरकार र राष्ट्र बैंकलाई बुझाइने जानकारी दिइन्।











प्रतिक्रिया