साहित्य र सिनेमाको सम्बन्ध निकै पुरानो छ।विश्वका धेरै सफल फिल्महरू कुनै न कुनै पुस्तकमा आधारित छन्। तर केही फिल्महरूले भने मनोरञ्जनको सीमाभन्दा माथि उठेर सांस्कृतिक आन्दोलनको रूप लिएका छन्। ह्यारी पोटर र द लर्ड अफ द रिङ दुई उदाहरण हुन्, जसले पुस्तक र फिल्म दुवै माध्यममा विश्वव्यापी प्रभाव छाड्न सफल भए।यी फिल्महरूको सफलताको मुख्य कारण भनेको मूल पुस्तकप्रतिको सम्मान हो। निर्माताहरूले पुस्तकको आत्मालाई जोगाउदै सिनेमाको भाषामा रूपान्तरण गर्न सफल भए। दर्शकले आफूले पढेका पात्र र संसारलाई पर्दामा जीवित देख्न पाए, जसले भावनात्मक सम्बन्धलाई अझ बलियो बनायो।
पुस्तक–आधारित फिल्महरूले मनोरञ्जन उद्योगमा पनि ठूलो परिवर्तन ल्याए। ह्यारी पोर्टर र द लर्ड अफ द रिङ्यको सफलतापछि फिल्म स्टुडियोहरूले लोकप्रिय उपन्यासहरूलाई फिल्ममा रूपान्तरण गर्ने प्रवृत्ति बढ्यो। यस्ता फिल्महरूको अर्को विशेषता भनेको पुस्ताबीचको सम्बन्ध हो। कुनै समय पुस्तक पढेका अभिभावकले आफ्ना सन्तानलाई ती कथाका फिल्म देखाउन थाले। यसरी एउटै कथाले विभिन्न पुस्तालाई जोड्ने काम गर्यो। यही कारणले यी कथाहरू समयसँगै पुराना नभई नयाँ दर्शक र पाठकमाझ पुनः जीवित भइरहेका छन्।पुस्तकमा आधारित केहि फिल्महरु
ह्यारी पोर्टर : फिल्म ह्यारी पोर्टरले जादुई संसार, मित्रता र संघर्षको कथा प्रस्तुत गर्दै बालबालिकादेखि वयस्कसम्म सबैलाई आकर्षित गर्यो। यसको विभिन्न देश र भाषामा भएको निर्माण र पात्र विकासले यसलाई आधुनिक पप–कल्चरको सबैभन्दा ठूलो फ्रेन्चाइज बनायो।
१.ह्यारी पोटर : यो फिल्म श्रृंखला जे.के. रोलिङको उपन्यासमा आधारित छ।कथा ह्यारी पोटर नामक अनाथ बालकको हो, जसले हगवाट्र्स जादुई विद्यालयमा आफ्नो शक्ति र भाग्य पत्ता लगाउँछ।
मुख्य कलाकारः ड्यानियल र्याडक्लिफ, एमा वाट्सन, रुपर्ट ग्रिन्ट
विशेषताः जादुई संसार, मित्रता र साहस
प्रभावः विश्वकै सबैभन्दा ठूलो फिल्म फ्रेन्चाइज मध्ये एक
२.द लर्ड अफ द रिङ्स ट्रिलोजी : यो फिल्म जे.आर.आर. टोल्किनको महाकाव्य उपन्यासमा आधारित फिल्म।वान रिङ नष्ट गर्ने यात्रा यसको मुख्य कथा हो।
निर्देशकः पिटर ज्याक्सन
विशेषताः विशाल काल्पनिक संसार र उत्कृष्ट भिजुअल इफेक्ट
पुरस्कारः १७ ओस्कार अवार्ड
३. द होबिट ट्रिलोजी यो पनि टोल्किनकै कथामा आधारित छ। फिल्ममा बिल्बो ब्यागिन्सको साहसिक यात्रा देखाइएको छ।
मुख्य कलाकारः मार्टिन फ्रिम्यान, इयान म्याककेलन
विशेषताः साहसिक फ्यान्टसी संसार
४.द हङ्गर गेम्स सिरिज : सुज्यान कोलिन्सको उपन्यासमा आधारित डिस्टोपियन कथा।जसमा सरकारद्वारा युवाहरूलाई “सर्भाइभल गेम” मा पठाइन्छ।
मुख्य कलाकारः जेनिफर लरेन्स
विशेषताः बलियो महिला पात्र र राजनीतिक सन्देश
५. ट्वाइलाइट सिरिज : स्टेफेनी मेयरको भ्याम्पायर–रोमान्स कथा।यो फिल्म मानव युवती र भ्याम्पायरबीचको प्रेम कहानी हो।
मुख्य कलाकारः क्रिस्टन स्टुवार्ट, रोबर्ट प्याटिन्सन
विशेषताः टिनएजर प्रेम कथा
६. द क्रोनिकल्स अफ नार्निया : सी.एस. लुइसको पुस्तकमा आधारित जादुई संसार। जसमा बालबालिका नार्निया नामक संसारमा प्रवेश गर्छन्।
विशेषताः साहसिक कथा र नैतिक सन्देश
प्रमुख पात्रः असलान (सिंह)
७. ड्युन : फ्रर्याङ्क हर्बर्टको साइ–फाइ उपन्यासमा आधारित फिल्म। जसमा मरुभूमि ग्रहमा राजनीतिक र शक्ति संघर्षको कथा रहेको छ।
मुख्य कलाकारः टिमोथी शालामे, जेन्डाया
विशेषताः विशाल विश्व निर्माण
८. द गर्ल विथ द ड्र्यागन ट्याटु : स्टिग लार्सनको मिस्ट्री थ्रिलर उपन्यासमा आधारित। जसमा एक अनुसन्धानकर्ता र ह्याकर केटीको कथा समावेश छ।
विशेषताः डार्क क्राइम थ्रिलर
बलियो महिला पात्र
९. प्राइड एन्ड प्रेजुडिस : जेन अस्टिनको क्लासिक प्रेमकथा।जसमा
समाज, वर्ग र प्रेमबीचको सम्बन्ध देखाइएको छ।
मुख्य कलाकारः कियारा नाइट्ली
विशेषताः क्लासिक रोमान्स
१०. द फाल्ट इन आवर स्टार्स : जोन ग्रीनको भावनात्मक उपन्यासमा आधारित। जसमा क्यान्सरसंग जुधिरहेका दुई किशोर–किशोरीको प्रेम कथा रहेको छ।
मुख्य कलाकारः शैलेन वुड्ली, एन्सेल एल्गोर्ट
विशेषताः भावनात्मक र दुखान्त प्रेम कथा











प्रतिक्रिया