नेपाल एसबिआई बैंकद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण


काठमाडौं।

नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेको छ।

बैंकले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि स्कुल ब्याग, शैक्षिक सामग्री तथा खेलकुद सामग्री हस्तान्तरण गरेको जनाएको छ। एक कार्यक्रमका बीच बैंककी कोशी प्रदेश प्रमुख दमयन्ती जोशीले विद्यालयकी प्रधानाध्यापक लक्ष्मी चौधरीलाई उक्त सामग्री हस्तान्तरण गरेकी थिइन्।

बैंकका अनुसार विद्यालयको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउनुका साथै विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउने उद्देश्यले सामग्री वितरण गरिएको हो। यस कार्यक्रमबाट गरिब तथा विपन्न वर्गका ११० भन्दा बढी विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा बैंकका विभिन्न अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

नेपाल एसबिआई बैंकले समुदायस्तरमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकाससँग सम्बन्धित विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आइरहेको जनाएको छ।

बैंकले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।