काठमाडौं।
विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुँदै आएको चौथो सांग्रिला साइकल र्याली आगामी जेठ २३ गते शनिबार काठमाडौंमा हुने भएको छ। वातावरण संरक्षण तथा साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सांग्रिला डेभलपमेन्ट बैंकले र्याली आयोजना गर्न लागेको जनाएको छ।
र्याली काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनबाट बिहान ७ बजे सुरु भई दरबारमार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जैन भवन र बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालय हुँदै पुनः एलिस रिसेप्सनमै पुगेर समापन हुनेछ।
र्यालीमा सहभागी हुन इच्छुक व्यक्तिले ह्वाट्सएप नम्बर ९८६३५८९००१ मा ‘रजिस्ट्रेसन’ लेखी पठाएर, बैंकले उपलब्ध गराएको अनलाइन लिंकमार्फत वा क्यूआर कोड स्क्यान गरी नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।
आयोजकका अनुसार र्यालीमा सहभागीमध्ये एक जनालाई गोलाप्रथामार्फत आकर्षक साइकल प्रदान गरिनेछ भने अन्य विभिन्न उपहारसमेत वितरण गरिनेछ।
बैंकले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै साइकलमैत्री सहर निर्माणको अभियानलाई टेवा पुर्याउने उद्देश्यले यसअघि तीन संस्करणका साइकल र्याली सफलतापूर्वक सम्पन्न गरिसकेको छ। यस वर्षको र्यालीमा पनि वातावरणप्रति सचेत नागरिक तथा साइकलप्रेमीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभरका १०९ शाखा कार्यालय र ३० एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै बैंकले आगामी दिनमा आफ्नो सेवा अझ विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।











प्रतिक्रिया