उदयपुर ।
उदयपुरको चौदउडीगढी नगरपालिका वडा नं ४ स्थित बसाहा गाउँको वर्षेडाँडामा सोमबार दिउसो साढे ४ बजेतिर आगलागि भएको छ भने करिब १२ लाखको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार सोमबार दिउसो करिब साढे ४ बजेतिर चौदण्डिगढी न.पा. वडा नं ०४ बर्खेडाँडा स्थित बविना राईको २ तले घरमा आगलागी भएको छ । उक्त आगलागी सोही घरको तल्लो तलामा रमेश राईले भाडामा सञ्चालन गरेको फर्निचर पसलमा समेत फैलिएको थियो । घटनामा मानवीय र चौपाया क्षति भने भएको छैन ।
उक्त आगलागीबाट बविना राईको घर र सामान गरी रु. १० लाख र रमेश राईको फर्निचर, नगद रु २० हजार तथा चाँदीसहित गरी रु २ लाख गरी कुल अन्दाजी मुल्य रु १२,००,०००। (बाह्र लाख) बराबरको भौतिक क्षति भएको छ जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
आगलागी भइरहेको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलटार र प्रहरी चौकी बसाहाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरी टोली, स्थानीय बासिन्दा र चौदण्डिगढी नगरपालिकाको दमकलको संयुक्त प्रयासमा ५.२० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया