काठमाडौं, (नेस)।
विश्व सगरमाथा दिवसको अवसरमा हिमाली जिल्ला दोलखाको कालिन्चोक क्षेत्रमा हाई ‘अल्टिच्युड टग अफ वार’ प्रतियोगिता सम्पन्न भएको छ ।
समुद्री सतहबाट ३ हजार ४ सय ५० मिटर उचाईमा रहेको धार्मीक पर्यटकीय क्षेत्र कालिन्चोकको कुरी बजारमा सम्पन्न प्रतियोगिता नेपालकै सबैभन्दा अग्लो स्थानमा आयोजना गरिएको हो ।
कोशी, बागमती, कर्णाली–सुदुरपश्चिम तथा दोलखा गरी ४ टोलीको सहभागीता रहेको प्रतियोगिताको फाईनलमा बागमती प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले पहिलो स्थान हासिल गरेको छ । यसअघि बागमतीले कर्णाली–सुदुरपश्चिमलाई २–१ ले हरायो भने कोशीले दोलखालाई २–० ले पराजित गर्न सफल भयो ।
प्रत्येक टोलीमा ८ जना मुख्य तथा दुई जना वैकल्पिक गरी ४० खेलाडीको सहभागीता रहेको प्रतियोगिताका सहभागीलाई कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले शुभारम्भ गर्नुभएको थियो । अल्पाईन स्पोर्टस फेडेरेशनको आयोजना तथा नेपाल टग अफ वार एसोसियसनको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगीताको विजेतालाई काठमाडौमा एक कार्यक्रम गरी पुरस्कृत गरिनेछ ।











प्रतिक्रिया