ओखलढुङ्गा ।
हरेक वर्षको मे २९ तारिकमा आयोजना गरिँदै आएको द एभरेस्ट म्याराथन प्रतियोगिता यो वर्ष पनि हुने भएको छ । सदा झै यो वर्ष पनि मे २९ अर्थात शुक्रवार द एभरेस्ट म्याराथन प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
प्रतियोगितामा म्याराथनका विभिन्न तीन विधा समावेश गरिएको छ । जस मध्य ४२ कि मी फुल म्याराथन, २१ कि मी हाफ म्याराथन र ७० कि मी अल्ट्रा म्याराथनको विधामा दौड हुने जानकारी आयोजकले दिएका छन् ।
यो वर्ष १९१ जना विदेशी र ८७ जना नेपाली गरी २७८ जना धावकले म्याराथन प्रतियोगितामा भाग लिएका छन् ।
हरेक वर्ष मे २९ तारिकका दिन आयोजना गरिने यस प्रतियोगिताको यो संस्करणमा ८९ जना महिला धावकको सहभागिता रहेको छ । जस मध्य ८० जना विदेशी महिलाहरू विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा कुद्दै गर्दा ९ जना नेपाली महिलाहरूले मात्रै प्रतियोगितामा भाग लिएका छन् ।
प्रतियोगिताको लामो रेस ७० कि मी अल्ट्रा म्याराथन र ४२ कि मी फुल म्याराथन एभरेस्ट बेस क्याम्प देखी नाम्चे बजार सम्म र २१ कि मी हाफ म्याराथन भने दिङबोचेबाट शुरु भएर नाम्चे बजारमा टुङ्गिने छ ।
सन १९५३ को मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथामा आरोहण गरेको सम्झनामा हरेक वर्षको मे २९ तारिकमा द एभरेष्ट म्याराथन प्रतियोगिता सञ्चालन गरिँदै आएको छ ।











प्रतिक्रिया