ओखलढुङ्गा ।
ट्रान्स महिला निलम पौड्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छिन्। निलमले २०८३ साल जेठ ९ गते सगरमाथामा पाइला टेकेकी हुन ।
सगरमाथाको आरोहण गर्न सफल भएसँगै निलम पौड्याल लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायबाट सगरमाथा आरोहण गर्ने पहिलो नेपाली ट्रान्स महिला भएकी छिन् ।

आरोहणपछि नेपाल समाचारपत्र सँगको टेलिफोन संवादमा निलमले यो आफ्नो मात्रै सफलता नभएर आफूलाई कहिल्यै समुदायले स्वीकार नगरेको महसुस गर्ने सम्पूर्ण ट्रान्स महिलाहरूको सफलता भएको बताएका छिन् ।

पेसाले मेकअप आर्टिस्ट रहेकी निलम मोडलिङमा समेत सक्रिय छिन् । उनले हाल सम्ममा १५ वटा म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छिन् । आफ्नो सगरमाथा आरोहणले सीमान्तकृत समुदायका व्यक्तिहरूलाई हामी पनि सक्छौ भन्ने सशक्त सन्देश दिएको उनको भनाई रहेको छ ।











प्रतिक्रिया