काठमाडौं।
अखिल नेपाल टेबलटेनिस संघ र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य उपचारका लागि सम्झौता भएको छ ।
टेबलटेनिस संघका महासचिव कुवेरप्रकाश सिंह र बिजनेस डेभलोप्मेन्ट, ब्रन्डिङ तथा मार्केटिङका सहायक उपाध्यक्ष तेन्जिङ कुन्सेल वज्राचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे । अस्पतालले खेलाडी, संघका पदाधिकारी, अफिसियल, प्राविधिकलगायतलाई उपचारमा निश्चित प्रतिशत सुविधा उपलब्ध गराउने छ । सम्झौता १ वर्षसम्म कायम रहने टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।











प्रतिक्रिया