मेष : दिन धेरै अनुकूल छ । कार्य सिद्धि, द्रव्य लाभ, विजय, गरेको काममा सफलता होला ।
वृष : तनाव, दौडधूप भए पनि दिउँसोदेखि सुख–सन्तोष, कार्य सिद्धि होला । खुस रहनुहोला ।
मिथुन : शुरुमा धनप्राप्ति, प्रतिष्ठा बढ्ने तर दिउँसोबाट विवादमा नफसिएला भन्न सकिन्न ।
कर्कट : शुरुको समयमा तनाव, मानसिक अस्थिरता तर मध्याह्नबाट द्रव्य लाभ, उन्नति होला ।
सिंह : शुरुमा विविध सेवा वा वस्तु प्राप्ति तर मध्याह्नपछि खर्च, धन हानि हुन सक्ने देखिन्छ ।
कन्या : दिउँसोसम्म नोक्सानी हुने डर हुन्छ । त्यसपछि भने लाभ, सफलता, साहस वृद्धि होला ।
तुला : पूर्वाह्न मिष्ठान्न भोजन, परिवार–सुख हुनेछ भने दिउँसोबाट धन नाश, तनाव हुन सक्छ ।
वृश्चिक : समय बलवान् छ । रोगव्याधि हरण, स्फूर्ति बढ्ने, इष्टमित्रसँग भेटघाट, धन लाभ होला ।
धनु : तपाईंका लागि दिन शुभ छ । मान–सम्मान, राजनीतिक सफलता, उपहार प्राप्ति हुन सक्छ ।
मकर : पूर्वाह्न कार्य असफल भए पनि दिउँसोबाट राज्य–सुख, प्रतिष्ठा वृद्धि हुने देखिन्छ ।
कुम्भ : शुरुमा समस्या सुल्झने र सम्मान बढ्ने होला तर मध्याह्नबाट दुःख–कष्ट आइलाग्न सक्छ ।
मीन : समय उत्तम छ । परीक्षा, खेलकुद, मुद्दामामिला आदिमा विजय, प्रतिष्ठामा वृद्धि हुने देखिन्छ ।











प्रतिक्रिया