काठमाडौं।
नेपाली कांग्रेसले पार्टी आवद्ध भ्रातृ संस्था नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेको छ।
पार्टी केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ मा बसेको बैठकको निर्णयअनुसार सभापति गगन कुमार थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम उक्त नियुक्ति गरेका हुन्।
विधानअनुसार म्याद समाप्त भई स्वतः विघटन भएको नेपाल तरुण दलको अध्यक्ष पदमा काठमाडौं निवासी कोइरालालाई नियुक्त गरिएको जनाइएको छ। उनलाई निर्धारित समयभित्र महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसहित ९ बुँदे कार्यादेश तथा कार्यविवरण प्रदान गरिएको नेपाली कांग्रेसका का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।











प्रतिक्रिया