काठमाडौँ
सामसङ नेपालले ग्यालेक्सी एस२६ प्लसले सीमित अवधिका लागि क्यासब्याक अफर ल्याएको छ । यसले ग्राहकलाई अझ बढी बचत र सजिलो खरिदको विकल्प उपलब्ध गराउने कम्पनीको भनाइ छ ।
ग्यालेक्सी एस२६ प्लस खरिद गर्दा ग्राहकले २३ हजारको इन्स्ट्यान्ट क्यासब्याक पाउनेछन्, जसले यसको विशेष अफर मूल्य १ लाख ८२ हजार ९ सय ९९ बाट घटेर १ लाख ५९ हजार ९ सय ९९ बनाउने कम्पनीको भनाइ छ ।
प्रिमियम र इमर्सिभ स्मार्टफोन अनुभव खोजिरहेका ग्राहकका लागि डिजाइन गरिएको ग्यालेक्सी एस२६ प्लसले सामसङको एगिक डिजाइनद्वारा प्रदर्शन, आराम र नवीनताको राम्रो सन्तुलन दिने कम्पनीको दाबी छ ।
ग्यालेक्सी एस२६ सिरिजका प्रमुख मोडलमध्ये एक भएकाले यस अफरले ग्राहकको बदलिँदो आवश्यकतासँग मिल्ने उत्पादन र अनुभव दिन सामसङ प्रतिबद्धता देखाउने कम्पनीले जनाएको छ ।











प्रतिक्रिया