देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ ।

नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो र राति पनि हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा केही स्थानमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ।

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।