देशका विभिन्न क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना


काठमाडौं ।

नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभावका कारण देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा बदली भएको छ। मौसम पूर्वानुमान अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित विभिन्न क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ भने गण्डकी र कर्णालीका केही क्षेत्रमा हल्का वर्षा भएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन्। आज राति पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनीका केही स्थानमा हल्का वर्षा जारी रहने अनुमान गरिएको छ।