उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुरमा ३ महिनामा १ सय १२ थान विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् ।
२०८२ माघ, फागुन र चैत्र महिनामा ती मुद्दाहरु दर्ता भएका हुन् । प्राप्त विवरण अनुसार माघमा २० थान, फागुनमा २७ थान, र चैत्रमा ६५ थान दर्ता भएका मुद्दामा सामान्य प्रकृतिका ७० थान, गम्भीर प्रकृतिका १४ थान, र जघन्य अपराधका ४ थान रहेका छन् । २४ वटा पुराना २ वर्ष अघिका मुद्दा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
यस्तै महिला बालकालिका तथा ज्येष्ठ नागरिकविरुद्ध कसुर दर्ता भएका मुद्दामा २०८२ माघमा ५ थान, फागुनमा १० थान र चैत्रमा २२ थान गरी कुल ३७ थान मुद्दा तीन महिनामा दर्ता भएका छन् । दर्ता भएका मुद्दाहरु उजुरीका आधारमा फर्छ्यौट गर्दै गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
सो कार्यालयले आर्थिक अपराधका १५ थान मुद्दा दर्ता भएकोमा माघमा ४ थान, फागुनमा दर्ता छैन भने चैत्रमा ११ थान दर्ता भएको र फछ्र्यौटको क्रममा रहेको छ ।
फरार प्रतिवादी पक्राउ तर्फ भने चालु मुद्दाका माघमा ३१ जना, फागुनमा २७ जना, चैत्रमा ६७ जना पक्राउ परेको र माघमा चालु मुद्दाका प्रतिवादी २६ जना, फरार ५ जना, फागुनमा चालु मुद्दाका प्रतिवादी १८ र फरार २ जना पक्राउ परेका छन् । चैत्र महिनामा ६७ थान मुद्दा दर्ता भएकोमा चालु मुद्दाका प्रतिवादी ४७ जना र फरार २० जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।











प्रतिक्रिया