काठमाडौं।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेपछि खेलकुदमा पनि असर परेको छ । विभिन्न ऐन र संरचनाअन्तर्गत राजनीतिक नियुक्ति पाएका कुल १५ सय ४ जना पदाधिकारी एकमुष्ट रूपमा पदमुक्त हुने भएका हुन् । यसै क्रममा खेलकुदमा राजनीतिक नियुक्त लिएकाहरू पनि पदमुक्त हुने भएका हुन् ।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ बमोजिम नियुक्त भएका २७ जना पदाधिकारीहरूको पद रिक्त हुने भएको छ । जसमा राष्ट्रिय खेलकुद परिषद्का अधिकांस बोर्ड सदस्य पदमुक्त हुने भएका हुन् । हाल सदस्यसचिव रहेका रामचरित्र मेहता भने सरकारी कर्मचारी भएको र अर्को सदस्य नियुक्त नभएसम्मका लागि सरकारले नियुक्त गरेकाले उनी पदमुक्त नहुने पनि बताइएको छ ।
नयाँ सरकार आएसँगै परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले पदबाट राजीनामा दिएका थिए । पदमुक्त हुनेमा गत पुसमा नियुक्त भएका क्रिकेट प्रशिक्षक जगत टमाटा, रग्बी संघका बोर्ड सदस्य सन्तकुमार मेहता, नेपाल एसोसिएसन अफ ¥याफटिङ एजेन्सिज (नारा) को तर्फबाट रोजेश खड्का, नेपाल तेक्वान्दो संघको तर्फबाट कुमार लामा घिसिङ र उद्योग बाणिज्य महासंघको सिफारिसमा प्रयास कार्की हुन् ।











प्रतिक्रिया