पोखरा।
नेपाल पुलिस क्लबले पहिलोपटक आयोजित पोखरा महिला गोल्डकपको उपाधि चुमेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा भएको फाइनल खेलमा १० खेलाडीमा सीमित त्रिभुवन आर्मी क्लबलाई पेनाल्टीमा ५–४ ले हराउँदै पुलिस च्याम्पियन बनेको हो । योसँगै पुलिसले ५ लाख र आर्मीले ३ लाख रुपैयाँ प्राप्त गरे ।
निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमै १० खेलाडीमा सीमित आर्मीले पुलिसलाई निर्धारित समयसम्म गोलरहित बराबरीमै रोक्यो । पहिलो हाफको २७ मिनेटमै आर्मी १० खेलाडीमा सीमित भएको हो । पुलिसकी निर्मला विकले बल अघि बढाउने क्रममा आर्मीकि डिफेन्डर विमला विकले डि एरिया नजिक लडाएपछी रातो कार्ड पाएकी थिइन् ।
विधागत पुरस्कारतर्फ पनि पुलिसकै दबदबा रह्यो । निर्मला विक सर्वोत्कृष्ट खेलाडी घोषित भइन । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै उत्कृष्ट गोलरक्षक उषा नाथ, रेखा पौडेल सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट दुवैले समान १५ हजार रुपैयाँ प्राप्त गरे । अनुसासित टिमको पुरस्कार आरएस पोखरा फुटबलले प्राप्त ग¥यो ।











प्रतिक्रिया