ओखलढुङ्गा।
वसन्तकालीन सगरमाथा आरोहणका लागि आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो खुलेको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति र एक्सपिडिसन अपरेटर एशोसिएसनको सान्ध्यमा ‘आइसफल डाक्टर’ हरूले बाटो निर्माण सम्पन्न गरेका हुन् ।
पर्यटन विभागका अनुसार बुधवार नै खुम्बु आइसफलको अत्यन्तै जोखिमपूर्ण मानिने खण्ड सुरक्षित भइसकेको र अब शिखरसम्म पुम्से बाटो बनाउने काम अघि बढेको छ। क्याम्प २ मा आरोही व्यवस्थापनका लागि लजिष्टिक व्यवस्थापनको काम भइरहेकाले आरोहीहरु क्रमशः अघि बढ्ने आरोही तथा पिक प्रमोशनका सम्पर्क अधिकृत आङबाबु शेर्पाले जानकारी दिए।
अवरोध पन्छाउँदै क्याम्प २ सम्मको यात्रा
यसअघि खुम्बु आइसफलमा एउटा ठूलो र अस्थिर बरफको ढिस्को (Ice Serac) का कारण मार्ग निर्माणमा ठूलो चुनौती थपिएको थियो । प्रतिकूल मौसम, तीव्र हावा र हिमपातका बावजुद पनि २६ र २७ अप्रिलमा आइसफल डाक्टर र शेर्पा आरोहीहरूको टोलीले सो अवरोध हटाई व्याम्प १ सम्मको बाटो सुरक्षित बनाएका हुन् ।

क्याम्प १ बाट क्याम्प २ सम्मको बा टो पनि अहिले सञ्चालनमा आइसकेको छ। अब क्याम्प २ माथि शेर्पाहरुको टोली खटिएकाले मे १५ सम्म शिखरसम्मको बाटो खुल्ने आरोही शेर्पाले टेलिफोनमा बताए। उनका अनुसार मौसममा देखिएको खराबी समयतालिकामा असर पार्ने होकि भन्ने चिन्ता भने छाएको छ। अहिले क्याम्प २ सम्म आरोहीहरु जान थालेका छन् ।
आरोहीहरूले क्याम्प २ सम्मको बाटो खुलिसकेकाले विभिन्न शिविरहरूमा उचाइ अनुकूलन
(Acclimatization) को प्रक्रिया सुरु गरिसकेका छन्। आरोहणलाई व्यवस्थित र मर्यादित बनाउन पर्यटन विभागले अप्रिल २६ देखि नै आधार शिविरमा अस्थायी फिल्ड कार्यालय स्थापना गरेको छ। कार्यालयमा खटिएका
सम्पर्क अधिकृतहरूले आरोहणको स्थलगत समन्ध्रय र सहजीकरण गरिरहेको पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले बताए ।
पर्यटन विभागले सबै आरोही र सहयोगीहरूलाई सुरक्षा प्रोटोकलको पूर्ण पालना गर्न आग्रह गरेको छ ।











प्रतिक्रिया