महानिरीक्षक कार्कीद्वारा ट्राफिक कार्यालय भवन उद्घाटन


नवलपरासी। 

नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले जिल्ला ट्राफिक कार्यालय नवलपरासी पूर्वकाे शनिवार उद्घाटन गरेका छन्।
जिल्ला सदरमुकाम कावासाेतीमा निर्मित ट्राफिक कार्यालय भवनकाे उद्घाटन गर्दै महानिरीक्षक कार्कीले जनताको सुरक्षामा खटिने प्रहरीलाई साधन स्राेतले सम्पन्न गराइनु पर्ने बताए ।

महानिरीक्षक कार्कीले भने अझै पनि झन्डै १ हजार ३ सय ४३ प्रहरी युनिटहरू जग्गा तथा भवन विहीनकै अवस्थामा रहेका छन् ।
राज्य पूनर्संरचनाका क्रममा जिल्ला विभाजन भए पछि जिल्ला ट्राफिक कार्यालय नवलपरासी पूर्वले हालसम्म भाडाकाे घरमा रहेर जिल्लाकाे समग्र ट्राफिक व्यवस्थापनको कार्य गर्दै आएको थियो ।

गण्डकी प्रदेश सरकारकाे विनियोजित बजेटबाट ३ करोड २ लाख १२ हजार ६ सय ७६ काे लागतमा नवनिर्मित ४ तल्ले भवन उद्घाटनसंगै जिल्ला ट्राफिक कार्यालयले आफ्नै भवनबाट दैनिक कार्य सम्पादन गर्ने भएको छ ।

भवन उद्घाटन कार्यक्रममा गण्डकी,लुम्बिनी तथा बाग्मती  प्रदेश प्रहरी प्रमुख लगायत उच्च पदस्थ प्रहरी कर्मचारीहरू, जिल्ला स्थित नगर तथा गाउँ पालिका प्रमुखहरू,अमर प्रहरी परिवार,उद्योगी,यातायात व्यवसायी,सञ्चारकर्मी तथा स्थानीय सर्वसाधारणकाे उपस्थिति रहेको थियो ।