दोलखा ।
दोलखाको प्रसिद्ध कालिञ्चोक भगवती मन्दिर क्षेत्रमा आयोजना गरिएको हाई अल्टिच्युट फुल कन्ट्याक्ट कराँते प्रतियोगिता वल्र्ड रेकर्डमा दर्ता भएको छ । नेपाल क्योकुशिन सेईसिनकाईकान कराँते संघले दोलखा उद्योग बाणिज्य संघको सहयोगमा उक्त प्रतियोगिता आयोजना गरेको थियो ।
संघले ३८४२ मिटर उँचाईमा रहेको कालिञ्चोक मन्दिर क्षेत्रमा आयोजना गरेको सो प्रतियोगितालाई वल्र्ड रेकर्डमा दर्ताको लागि दावि गरिएकोमा त्यो सफल भएको संघका अध्यक्ष तथा नेपाल प्रमुख शिहान अशोककुमार श्रेष्ठले बताए ।
काठमाडौँस्थित होटल याक एण्ड यतिमा आयोजना भएको कार्यक्रममा संघका अध्यक्ष तथा नेपाल प्रमुख शिहान श्रेष्ठलाई वल्र्ड रेकर्ड मेडल तथा प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । सो अवसरमा वल्ड बुक अफ रेकर्ड यूके २० औ इन्टरनेशनल समिट एण्ड अवार्ड सेरोमनी वल्ड बुक अफ रेकर्ड युएसए प्रमुख ज्याक्लिनली लेनिक तथा यूके सिईओ सन्तोष शुक्लाको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया