कजारिया रमेश टायल्सको ‘डाइन विथ द डिभाज’ अभियान सार्वजनिक


काठमाडौँ
‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले ‘डाइन विथ द डिभाज– एन इभिनिङ विथ मिस नेपाल’ अभियान सार्वजनिक गरेको छ । अभियानअन्तर्गत मिस नेपाल अडिसन हुने सहरका ग्राहक जोडीहरूले वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनर गर्ने अवसर प्राप्त गर्नेछन् ।

अभियानमा सहभागी हुन ग्राहकले एकै पटक कम्तीमा एक हजार वर्ग फिट कजारिया टायल्स खरिद गर्नुपर्ने व्यवस्था गरिएको छ । यो योजना नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंका कजारिया शोरुममा लागू हुनेछ ।

कम्पनीका प्रवक्ताले मिस नेपालसँगको सहकार्यले भव्यता र आधुनिक उत्कृष्टतालाई उजागर गर्ने बताएका छन् । ‘डाइन विथ द डिभाज’ अभियानमार्फत ग्राहकलाई अविस्मरणीय जीवनशैली अनुभव प्रदान गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

अभियान जेठ १० देखि २५ गतेसम्म सञ्चालन हुनेछ । कम्पनीका अनुसार यो सुविधा अभियान अवधिभित्र गरिएको एकल खरिद बिलमा मात्र लागू हुनेछ । थप जानकारीका लागि ग्राहकले नजिकको आधिकारिक कजारिया शोरुम वा कम्पनीका आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन सक्नेछन् ।

कजारिया रमेश टायल्सले अत्याधुनिक प्रविधिसहित नेपालकै ठूलो टायल उत्पादन उद्योग सञ्चालन गर्दै आएको छ । कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय मान्यता तथा आईएसओ ९००१ः२०१५ र आईएसओ १४००१ः२०१५ प्रमाणीकरण प्राप्त गरिसकेको जनाएको छ । हाल कम्पनीका नेपालभर १०० भन्दा बढी शोरुम सञ्चालनमा रहेका छन् ।