रिलायन्सद्घारा रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौँ
रिलायन्स फाइनान्सले, पोखरा शाखामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समुदायप्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै फाइनान्सले रक्तदान–जीवनदान भन्ने पवित्र भावनाका साथ उक्त कार्यक्रम संचालन गरेको हो ।

सो कार्यक्रमनेपाल स्वयंसेवी रक्तदानदाता समाज कास्कीको सहकार्यर नेपाल रेडक्स सोसाईटी प्रादेशीक रक्तसंचार सेवा पोखराको प्राविधक सहयोगमा सम्पन्न भएको थियो । कार्यक्रममास्थानीय प्रतिष्ठित व्यक्तित्व, रक्तदाताहरूको बाक्लो सहभागिता रहेको थियो जसमा ६३ जना रक्तदाताले अमूल्य रक्तदान गरी जीवन बचाउने यस मानवीय कार्यमा योगदान पु¥याएका छन् ।

देशभरी २१ वटा शाखा रहेको रिलायन्स फाईनान्सले आगामी दिनहरूमा पनि समाजको हितका लागिसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता परोपकारी कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।