काठमाडौं ।
प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे ले रामचन्द्र पौडेल सँग भेट गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी नगर्न आग्रह गरेका छन्।
शनिबार शीतल निवासमा भएको भेटमा आङ्देम्बेले विपक्षी दलहरूको संयुक्त निर्णय प्रस्तुत गर्दै संसद् अधिवेशन बोलाउने समयमै अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका हुन्।
विपक्षी गठबन्धनले अध्यादेश फिर्ता लिन र तत्काल संसद् अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ।











प्रतिक्रिया