टिपरको ठक्करबाट कञ्चनपुरमा किशोरको मृत्यु, एक घाइते


काठमाडौ ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा टिपरको ठक्करबाट १४ वर्षीय एक किशोरको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सुपप्र०२–००१ख ०५९८ नम्बरको टिपरले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय दिवस चुनराको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय नरेश लुहार घाइते भएका छन् र उनलाई उपचारका लागि भारतको खटिमातर्फ लगिएको छ।

टिपर चालक फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।