उपमेयर कप भलिबल सकियो


हेटौंडा ।

आठौं संस्करणको वडास्तरीय उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ हेटौंडा–५ र पुरुषतर्फ हेटौंडा–१९ ले जितेका छन् ।

महिलातर्फ फाइनल खेलमा हेटौंडा–५ ले हेटौंडा–१२ लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि कब्जा गरेको छ । पुरुषतर्फ फाइनलमा हेटौंडा–१९ ले हेटौंडा–११ विरुद्ध ३–२ को सेटले जित्दै उपाधि जितेको हो ।

महिलातर्फ विधागतमा हेटौंडा–५ की आयुष्मा उप्रेती सेटर, अप्सना उप्रेती सर्भर, नमुना थिङ स्पाइकर र हेटौंडा–१२ की प्रशंसा भोम्जन डिफेन्डरमा उत्कृष्ट भएका थिए । यस्तै, सलिना मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र आशीष राई उत्कृष्ट कोच बने ।

पुरुषतर्फ हेटौंडा–१९ का विशेष थापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भए । सुवास सुबेदी कोच, क्रिस लामा सेटर, हेटौंडा–११ का निश्चल कौचा ब्लकर, निरन सापकोटा डिफेन्डर र कुशल स्पाइकरमा उत्कृष्ट बनेका थिए । प्रतियोगितामा प्रथम हुनेले ५० हजार र द्वितीय हुनेले ३० हजार रुपियाँ प्राप्त गरेका थिए ।