पोखरा ।
पोखरामा हुन लागेको महिला गोल्डकप फुटबल प्रतियोगितामा कुल चार क्लबले सहभागिता जनाउने भएका छन् ।
आर एस फुटबल क्लबको आयोजनामा शुक्रबारबाट हुने प्रतियोगितामा आयोजक आरएससहित, नेपाल पुलिस क्लब, संकटा क्लब र त्रिभुवन आर्मी क्लबको सहभागिता रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक र पुलिस भिड्नेछन् ।
बैशाख २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले समान १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । अनुसासित हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।











प्रतिक्रिया