काठमाडौं ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा हुने चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता शुक्रबारदेखि चन्द्रविनायक पार्क, चावहिल मैदानमा सुरु हुँदैछ ।
चाबहिल स्पोर्ट्स क्लबको प्राविधकि सहयोगमा हुने प्रतियोगितामा १९ टोलीको सहभागिता निश्चित भएको आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडाले जनाएका छन् ।
सेभेन ए साइड स्वरुपको नकआउट प्रतियोगिताको विजेताले ३० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
विधागत ४ उत्कृष्ट खेलाडीले जनही २ हजार ५ सय नगद पुरस्कार पाउने छन् । गत संस्करणको उपाधि मनास्लुले जितेको थियो । प्रतियोगिता बैशाख २२ गतेसम्म चल्ने छ ।











प्रतिक्रिया