लन्डन, (एजेन्सी) ।
एटलेटिको मेड्रिड र आर्सेनलले यस सिजनको च्याम्पियन्स लिगको फाइनल पुग्ने संभावनालाई जीवितै राखेका छन् । बुधबार भएको सेमिफाइनल पहिलो लेगमा १–१ बराबरी नतिजा निस्केपछि दुबै टोलीको फाइनल संभावना कायमै रहेको हो । फाइनल पुग्ने टोलीको टुंगो आगामी दोस्रो लेगको खेलबाट हुनेछ ।
मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा दुबै टोलीले पेनाल्टीमार्फत् गोल गरेका थिए । पहिलो गोल इंग्लिस प्रिमियर लिग टोली आर्सनलले गरेको थियो । पहिलो हाफ सकिन लाग्दा भिक्टर ग्योकेरेसले प्राप्त पेनाल्टी सदुपयोग गरेका थिए । डेभिड हान्कोले पेनाल्टी क्षेत्रमा ग्योकरेसलाई लडाएपछि आर्सेनलले पेनाल्टी प्रहार गर्न मौका पाएको थियो ।
यसपछि स्पेनी ला लिगा टोली एटलेटिकोका अल्भारेजले ५६ औं मिनेटमा पेनाल्टीमै गोल गरेका थिए । बेन ह्वाइटको ह्यान्डबल भएकोमा एटलेटिकोले पेनाल्टी हान्ने अवसर प्राप्त गरेको थियो । यो भीएआरले ह्यान्डबल निर्धारित गरिएको थियो ।











प्रतिक्रिया