बालकुमारी ब्याडमिन्टन : भिम र सुदर्शन थापाको जोडी पहिलो


ललितपुर ।

ललितपुर महानगरपालिका–१८ भञ्ज्याङस्थित बालकुमारी श्रृजना क्लबले आयोजना गरेको छैठौ खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा भिम थापामगर र सुदर्शन थापाको जोडी पहिलो भयो । थापाको जोडीले फाइनल खेलमा अशोक खाती र सुरेश तामाङको जोडीलाई २१–१२, १९–२१ र २१–९ स्कोरले हराएको थियो ।

ललितपुरको भज्याङ ब्यामिन्टन कोर्टमा आयोजना भएको प्रतियोगितामा सुरज बास्कोटा र विष्णु ठकुरी तथा कमल तामाङ र श्याम ठकुरीको जोडी तेस्रो भएका थिए । प्रतियोगितामा विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रा हुनेले ५–५ हजार नगद प्राप्त गरेका थिए ।

ललितपुर–१८ का वडा अध्यक्ष दामोदर थापाले शीर्ष तीन स्थानमा रहने खेलाडीहरूलाई नगद पुरस्कार र शिल्ड प्रदान गरेका थिए । समापन कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले स्वस्थ जीवनको लागि खेलकुद महत्वपुर्ण रहेको बताएका थिए ।

प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको थियो । वडा–१८को आर्थिक सहयोग र नेपाल समाचारपत्रको प्रायोजनमा भएको प्रतियोगितामा बोल्दै संयोजक दीपक थापामगरले प्रतियोगिताले ब्याडमिन्टन खेलप्रति मोह बढेको बताए । क्लबले ६ वर्षदेखि लगातार प्रतियोगिता आयोजना गरिरहेको पनि उनले बताएका थिए ।