हेटौंडा ।
आठौं संस्करणको वडास्तरीय उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि महिलातर्फ हेटौंडा–५ र पुरुषतर्फ हेटौंडा–१९ ले जितेका छन् ।
प्रतियोगिताको महिलातर्फको फाइनल खेलमा हेटौंडा–५ ले हेटौंडा–१२ लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि कब्जा गरेको छ । पुरुषतर्फ फाइनलमा हेटौंडा–१९ ले हेटौंडा–११ विरुद्ध ३–२ को सेटले जित्दै उपाधि कब्जा गरेको हो ।
प्रतियोगितामा महिलातर्फ विधागतमा हेटौंडा–५ की आयुष्मा उप्रेती सेटर, अप्सना उप्रेती सर्भर, नमुना थिङ स्पाइकर र हेटौंडा–१२ की प्रशंसा भोम्जन डिफेन्डरमा घोषित उत्कृष्ट भएका थिए । यस्तै, सलिना मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र आशीष राई उत्कृष्ट कोच बने ।
पुरुषतर्फ हेटौंडा–१९ का विशेष थापामगर प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए । सुवास सुबेदी कोच, क्रिस लामा सेटर, हेटौंडा–११ का निश्चल कौचा ब्लकर, निरन सापकोटा डिफेन्डर र कुशल लो स्पाइकरमा उत्कृष्ट बनेका थिए ।
प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपियाँ, द्वितीय पुरस्कार ३० हजार रुपियाँ तोकिएको थियो । सेमिफाइनलमा पराजित हुने टिमहरुका लागि १०÷१० हजार रुपियाँ सान्त्वना पुरस्कार तोकिएको थियो ।











प्रतिक्रिया