काठमाडौँ
गरिमा विकास बैंक लिमिटेडका ग्राहकलाई विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्रदान गर्ने उद्देश्यले ओम हस्पिटल एण्ड रिसर्च सेन्टर तथा कान्तिपुर डेन्टल हस्पिटल (केडिसी) एण्ड रिसर्च सेन्टरसँग सम्झौता सम्पन्न भएको छ ।
सम्झौतापछि गरिमा विकास बैंकका ग्राहकले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबाट सिटि स्क्यान, एक्स–रे लगायत अन्य स्वास्थ्य सेवामा अधिकतम १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
त्यसैगरी, कान्तिपुर डेन्टल हस्पिटल (केडिसी)मा बेड शुल्कमा १५ प्रतिशत तथा अन्य उपचार सेवामा १० प्रतिशतसम्म छुट उपलब्ध हुने बताइएको छ । उक्त सुविधा काठमाडौंको बसुन्धारा, सुन्दरबस्ती र सतुंगलका साथै पोखरा ९कास्की०, नारायणगढ र भरतपुर (चितवन) तथा बुटवल (रुपन्देही) स्थित शाखाबाट पनि प्राप्त गर्न सकिनेछ ।
बैंकका ग्राहकले मोबाइल बैंकिङ तथा डेबिट र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा यी दुबै हस्पिटलबाट सहजै छुट सुविधा लिन सक्नेछन् । हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम तथा आधुनिक डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।











प्रतिक्रिया