काठमाडौँ ।
हाल पश्चिमी र स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्रका कारण देशका अधिकांश पहाडी र हिमाली क्षेत्रमा बदली भएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोदेखि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा हुन सक्छ।
तराई क्षेत्रमा हावाहुरीको जोखिम पनि रहेको छ। राति पनि अधिकांश क्षेत्रमा बदली रहँदै वर्षा र हिमपात जारी रहने अनुमान गरिएको छ।











प्रतिक्रिया