काठमाडौँ
सरकारले सीमा नाकामा हुने अवैध आयात तथा नक्कली सामानको चोरी पैठारीमा कडाइ गरेसँगै अटोमोबाइल क्षेत्रमा पनि त्यसको सकारात्मक प्रभाव देखिन थालेको छ । बजारमा नक्कली पाट्र्सको प्रवेशमा कमी आउने अपेक्षासहित नेपालका लागि टाटा जेन्युइन पाट्र्सको आधिकारिक वितरक सिप्रदी अटोपाट्र्सले ‘सक्कली टाटा जेन्युन पाट्र्स (त्ब्त्ब् न्भलगष्लभ एबचतक) प्रयोग गरौँ’ भन्दै देशव्यापी सचेतना अभियान सुरु गरेको छ ।
गाडीमा कमसल र नक्कली पाट्र्सको प्रयोगले गाडीको आयु घट्ने र दुर्घटनाको जोखिमसमेत बढ्ने समस्यालाई मध्यनजर गर्दै कम्पनीले मेकानिक्स, चालक र गाडी धनी लक्षित यो अभियान सञ्चालनमा ल्याएको हो ।
अभियानअन्तर्गत सिप्रदी अटोपाट्र्सका प्रतिनिधिहरू देशका प्रमुख व्यापारिक तथा सीमावर्ती सहरहरू विशेषगरी धनगढी, भैरहवा, वीरगञ्ज र नेपालगञ्जका विभिन्न ग्यारेज, वर्कशप, हाइवेका मर्मत केन्द्र र यातायात पार्किङ स्थलहरूमा प्रत्यक्ष रूपमा पुगिरहेका छन् । ‘सक्कली त्ब्त्ब् न्भलगष्लभ एबचतक यसरी चिन्नुहोस्’ भन्ने ब्यानर र नमुना पाट्र्सहरू राखिएको सानो पिकअप भ्यानसहित कम्पनीको टोलीले ग्राहक र प्राविधिकहरूलाई भेला गराएरै सक्कली पाट्र्सको महत्त्व बुझाइरहेको छ ।
कसरी चिन्ने सक्कली टाटा जेन्युन पाट्र्स ?
१. प्याकेजिङ र विशेष कोडः त्ब्त्ब् न्भलगष्लभ एबचतक र टाटा मोटर्स अटोमोटिभ फ्लुइड्स (मोबिल आदि) को प्याकेटमा विशेष नम्बर कोड (जस्तैः २०८१२९५) उल्लेख गरिएको हुन्छ, जुन नक्कलीमा हुँदैन ।
२. कन्ट्री कोड कन्ट्री कोड एमसक्कली सामानको प्याकेटमा टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक जनाउने ‘कन्ट्री कोड’ राखिएको हुन्छ ।
३. आधिकारिक होलोग्रामः पाट्र्स वा फ्लुइड्सको बट्टामा सिप्रदी अटो पाट्र्स यूको आधिकारिक होलोग्राम वा ट्याग अनिवार्य रूपमा टाँसिएको हुन्छ । यो हेरेर मात्र खरिद गर्नुपर्छ ।
नक्कली पाट्र्स प्रयोग गर्दा तत्कालका लागि केही रकम सस्तो पर्न गए पनि दीर्घकालमा इन्जिनलगायत गाडीका महत्त्वपूर्ण अंगमा गम्भीर क्षति पुग्ने प्राविधिकहरू बताउँछन् । ‘सक्कली पाट्र्सले गाडीको कार्यक्षमता बढाउनुका साथै यात्रुको सुरक्षा सुनिश्चित गर्छ,’ कम्पनी स्रोतले भन्यो ।
सरकारले सीमामा गरेको कडाइले नक्कली पाट्र्सको व्यापार निरुत्साहित भइरहेको वर्तमान अवस्थामा मुख्य सहरहरू (धनगढी, भैरहवा, वीरगञ्ज र नेपालगञ्ज) बाट सुरु भएको यो अभियानले उपभोक्तालाई ठगिनबाट बचाउने र अटो क्षेत्रमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ । सिप्रदी अटोपाट्र्सले आफ्ना सम्पूर्ण ग्राहकलाई आधिकारिक डिलर वा सिप्रदीका नेटवर्कहरूबाट मात्र टाटाका जेन्युन पाट्र्स खरिद गर्न अनुरोध गरेको छ ।











प्रतिक्रिया