काठमाडौँ ।
काठमाडौँमा पूर्णबहादुर खड्का ले संसदीय दलको नेतामा निर्वाचित भीष्मराज आङ्देम्बे लाई प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका ऐतिहासिक र प्रभावकारी बनाउन सुझाव दिएका छन्।
सर्वसम्मत रूपमा दलको नेता बनेपछि मंगलबार बिहान खड्का निवास गोल्फुटार पुगेका आङ्देम्बेलाई भेट्दै खड्काले संसद्को समग्र प्रक्रियामा सशक्त भूमिका खेल्न आग्रह गरे। उनले वर्तमान संसदीय संरचनामा नेपाली कांग्रेस दोस्रो ठूलो दल भएकाले प्रमुख प्रतिपक्षीको भूमिका अझ महत्त्वपूर्ण हुने बताए।
खड्काले आङ्देम्बेलाई हार्दिक बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्। साथै उनले संवैधानिक परिषद् सदस्यका रूपमा पनि आङ्देम्बेको भूमिका प्रभावकारी रहने विश्वास व्यक्त गरेका छन्।











प्रतिक्रिया