काठमाडौं ।
पूर्व विशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा लागेको खर्च नपाउने भएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले विदेशमा गरेको उपचार खर्च नदिन आदेश दिएको छ ।
सोमबार सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, डा. मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संवैधानिक इजालसले सो आदेश दिएको हो । पूर्व विशिष्ट पदाधिकारीले स्वदेशमा गरेको उपचार खर्च भने पाउनेछन् ।
२०७९ सालमा अधिवक्ता राधिका चम्लागाईं र भद्रप्रसाद नेपाल (स्वागत) ले उपचार खर्च कटौतीको माग गर्दै रिट दायर गरेका थिए । त्यसमाथि सुनुवाइ गर्दै सर्वोच्चले विदेशमा हुने उपचार खर्च नपाउने आदेश दिएको हो ।
इजलासले पूर्वपदाधिकारीलाई विदेशमा उपचार गराउँदा लागेको खर्च सरकारले बेहोर्नेसम्बन्धी व्यवस्था भएको नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी (दोस्रो सन्सोधन) कार्यविधि २०७३ को दफा १२.१ को व्यवस्था नै सर्वोच्चले खारेज गर्ने आदेश दिएको छ ।











प्रतिक्रिया