काठमाडौँ
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको सेयर निष्कासनसम्बन्धी बुक–बिल्डिङ प्रक्रियाअन्तर्गत आयोजित छलफल ‘रोड सो’ कार्यक्रम २०८३ वैशाख ११ गते मेरियट होटल, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलद्वारा आयोजित कार्यक्रममा योग्य संस्थागत लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा लगानीकर्ताले मूल्य निर्धारण, माग तथा मूल्याङ्कनबारे आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले वर्तमान सञ्चालन अवस्था, वित्तीय प्रदर्शन, रणनीति तथा भविष्यका विस्तार योजनाबारे जानकारी गराएका थिए । साथै, बिक्री प्रबन्धकले मूल्याङ्कन पद्धति, मूल्य निर्धारणका आधार, माग विश्लेषण, बुक–बिल्डिङ संरचना तथा नियामक प्रावधानबारे विस्तृत प्रस्तुति दिएको थियो । सहभागीहरूले मूल्य खोजी प्रक्रिया पारदर्शी, व्यावसायिक र विश्वसनीय रहेको बताएका छन् ।
रोड सो सफल भएपछि अब योग्य संस्थागत लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्य उल्लेख गरी शिलबन्द खाममा पाँच कार्यदिनभित्र, अर्थात् वैशाख २१ गते बेलुका ५ बजेसम्म नेपाल स्टक एक्सचेन्जमा आशयपत्र बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यस प्रक्रियाले नेपालको पुँजी बजारमा पारदर्शी र बजार आधारित मूल्य निर्धारणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया