अझै भेटिएन रातो मच्छिन्द्रनाथको हितीमंग

रथमा राख्नै नपाई हरायो, खोजी गर्दै प्रहरी

0
Shares

-गुठी संस्थान ललितपुरका प्रमुख काफ्ले, भण्डार प्रमुख खवाससँग सोधपुछ, आधा दर्जनसँग बयान

ललितपुर। 

 सहकालका देवता श्री बुंगद्यः रातो मच्छिन्द्रनाथको रथजात्राको क्रममा धमाको दायाँबायाँ राखिने हितिःमंगको दायाँ साइटको हिटी हराएको एकमहिनासम्म पनि भेटिएको छैन । हिती वैशाख ८ मा हराएको अनुमान छ ।  हितीमंग नभेटाएपछि ललितपुर प्रहरीको टाउको दुखाई भएको छ । प्रहरीले गुठीसंस्थान ललितपुरका प्रमुख लक्षुणा काफ्ले, रथ निर्माण गर्ने(यँवा) भोला महर्जन, स्टोरकिपर दीपक खवास लगायतसंग बयान लिएको छ ।

 सरोकारवाला निकायले गुठीसंस्थानको कर्मचारीको कमजोरीको कारण हितीमङग हराएको हुनसक्ने आशंका गरेको छ । संस्थानका ललितपुर प्रमुख काफ्लले वैशाख ८ गते धमामा राख्नेबेला दायाँ साइटको हिटी हराएको जानकारी पाएको बताउनुभयो । 

वैशाख ५ गते राथारोहण भएको थियो । त्यसको तीनदिनपछि ८ गते रथ तान्ने क्रममा खोजीनिती भयो खोजबिन गर्दा भेटिएन । त्यहीबेला हराएको पत्ता लाग्यो ।  प्रमुख काफ्लेले भन्नुभयो– बाहिर राखिने भएर थाहा नभएको हो, काठको गोदाममा राख्ने गरिन्थ्यो हामीले हराएको विश्वास समेत गरेका छैनौ ।

 मंगहिती हराएपछि अभियन्ता र सरोकारवालाले दैनिकजसो जिल्ला प्रशासन कार्यालय ललितपुर, गुठीसंस्थान र जिल्लाप्रहरी परिसरलाई खोज्न आग्रह गर्दै लिखित र मौखिक जानकारी दिइसकेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रले वैशाख २४ गते परिसरमा धमाको दायातर्फ राख्ने हितीमंग हराएको भन्दै पत्र आएको थियो, लगत्तै खोजी कार्यमा तीव्रता दिएका छौं भन्नु भयो  ।

उहाँले मच्छिन्द्रनाथ सामाग्री राख्ने स्थानमा रहेको सिसिटिभीले १० दिनसम्म मात्र ब्याकअप दिने भएकोले सो समस्या भएको बताउनुभयो । संस्थानका भण्डार प्रमुख खवासले ८ गते नै हराएको हुनसक्ने  बताउनुभयो । ‘वरपरका क्षेत्रका सिसिटिभी फुटेजको अध्ययन गरिरहेका छौ, गुठीसंस्थानको भण्डारमा राखेको सिसिटिभी सिकभरी गर्ने प्रयास गरिरहेका छौ’–प्रवक्ता मिश्रले भन्नुभयो । उहाँका अनुसार मंगटिती हराएको विषयमा केहीसंग सोधपुछ गरिरहेको छ ।

  हिती  हराएको एकमहिना नाघेको छ । अभियन्ता एवं सम्पदा संरक्षण महाअभियानका अभियन्ता रवि शाक्य(टमएण्डजेरी) , रविन्द्र महर्जन  सुनिल प्रजापति, शुसिल श्रेष्ठ र विश्वराम नेपाल लगायतले हराएलगत्तै लगातार दवाव दिएपछि राज्यले बल्ल चासो दिएको छ । शुरुमा यस विषयमा जात्रा ब्यवस्थापनमा सरोकार राख्ने गुठी संस्थान, यंवाल, वाराही, पानेजु, ज्यापु समाज लगायतका जातिय पुचः समाजले केही प्रतिक्रिया दिएको थिएन ।  अभियन्ता रवि शाक्यको  निरन्तर खबरदारीपछि अन्य निकाय बल्ल तातेको छ ।

‘यो हिटि मंग हाम्रो राष्ट्रको सम्पत्ति कृपया यो कहीँ कसैले ल्याएको राखेको देख्नुभएको छ भने तुरुन्तै आफ्नो नजिकको पुलिस थाना वा १०० नम्बरमा खबर गरी  सहयोग गरिदिनु होला’– अभियन्ता महर्जनले सामाजिक सञ्जाल फेसबुकमा  खोजिदिन आग्रह गर्दै स्टाटस लेख्नुभएको छ ।

बिसं १९९६ सालमा श्री ३ महाराज जुद्ध सम्सेर जङ्ग बहादुर राणाका पालामा मछिन्द्रनाथको रथजात्रामा बाङ्गो काठमा दायाँ र बायाँ रहने तामाको पातामा ठाउँ ठाउँमा बुट्टा काटि सुनको मोलम्बा गरिएको २ वटा बनाई चढाई बक्सेको कुरा हराएको हितीको भित्रि भागमा लेखिएको छ ।  ‘शुरुमा हितीमंग हराएको  जानकारी महाअभियानका  अभियन्ता रवि शाक्यले दिनुभयो । उहाँले पटक पटक खै त मंगहिती भनिरहनुभयो । ‘८ गते रथयात्रा थियो ।

‘रथयात्रानै रोकिएला भनेर बनाउन पठाएको छ भन्दै जुठो जवाफ दिँए–हराएको हितीमंगको बारेमा जानकारी दिदै गुठी संस्थानका कर्मचारी एवं स्टोरकिपर दीपक खवासले भन्नुभयो । प्रहरीले सो विषयमा खवारसंग समेत जानकारी लिइसकेको छ । यात्रो ठुलो समान हराउदा खवासले प्रहरीलाई जानकारी गराउनुपर्ने थियो । चुपचाप बसे सरोकारवालाले यस विषयलाई ठुलो गल्ती गरेको सोचेको छ ।

 अभियन्ता शाक्यले नेपाल समाचारपत्रसंग भन्नुभयो–यस विषयमा सबै सरोकारवालाले खोजीनिती गर्नुपर्छ । गुठी संस्थान, यंवाल, वाराही, पानेजु, ज्यापु समाज, ललितपुर महानगरपालिका लगायत निकायले गम्भीरताका साथ खोजबिनमा सहयोग गर्नुपर्ने उहाँको धारणा थियो ।  कसरी खोज्ने ? अब त्यतातिर जानुपर्छ । सबै सरोकारवाला एक हुनुपर्छ ।

  ‘प्रहरी टोलीले शुक्रबार मलाई बोलाएर ४ घण्टा सोधपुछ ग¥यो । मैले सबै भने –वैशाख  ८ अघिसम्म रहेको अनुमान छ । रथ तान्ने दिन किन देखिएन यस विषयमा मैले भने ।  कसरी हरायो सबै सोध्यो  । मैले सबै उत्तर दिए सुरक्षा नभएर हो  भण्डार वा गुठी संस्थान परिसरबाट धिमे बजाउन एउटा बेतलैजान सहमति लिनुपर्छ भने ९ फिट लामो करिब ६० केजी तौल भएको मंगहिटी हराउदा सुरक्षा दिनुपर्दैन’–रथ निर्माण गर्ने यँवाका संयोजक भोला महर्जनले भन्नुभयो ।

 पुरातत्वविभागका अनुसन्धान अधिकृत सरिता सुवेदीले तत्काल विभागलाई पत्र पठाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– जताततै रिपोर्ट दिऔँ । हामीलाई पनि दिनुहोला, हामी इन्टरपोलसम्मपनि जानकारी गराउला । बाहिर गएपनि ल्याउन सकिन्छ । सोमबारभित्र देशैभर पत्र पठाउर्छौ । आधार हुन्छ ।

 अभियन्ता महर्जन यो घटालाई दुर्लभ घटना भएकोले यो घटनाबाट प्रकृयागत रुपमा जानुपर्छ । भोजोजात्रा सकिएपछि सामान ल्याउने प्रकृयालाईपनि व्यवस्थित हुनुपर्ने बताउनुभयो ।  भने अभियन्ता शाक्यले फागुन महिनासम्मको सिसिटिभी हेर्नुपर्छ । चोरेर लगेको मान्छे लुकेको छ । ब्याक अप छैन भन्न मिल्दैन । हाम्रोपनि सम्पदा निकाल्नुप¥यो ।

यल नेवा समाजको महासचिव सञ्जय शर्माराजोपाध्याले यस्तो गम्भीर विषयमा सबै सरोकारवाला एकजुट हुनुपर्ने बताउनुभयो । भन्नुभयो–सामानको सुरक्षा नगर्ने र सिसिटिभी फुटेजलाई सुरक्षित गर्न नसक्ने गुठी संस्थानको कमजोरीको कारण सम्पदा चोरी भएको बताउनुभयो । 

 अभियन्ता शाक्यले गुठीसंस्थानको भुमिकाबारे  प्रश्न उठाउदै   सबै सरोकारवालाले को आफ्नो काम गरिरहेका छन् । सबैलाई गुठीसंस्थानमा बाधियो । जुद्धशम्सेरको पालामा भगवान र मठमन्दीरको नाममा रहेको  जग्गा गुठीमा पारियो । हामीलाई रकमी बनाइयो ।  हामी गुठी संस्थानबाट दिएर खाने हो ? । कुनै स्थानमा  सानका साथ बोल्छौ । भने कुनैले हामी रकमी भनेर बोल्ने मिल्दैन ।

यँया बनाउने समूहका प्रमुख बराही खलक दिलकुमार वाराही, रथ मोडदा रोक्ने धकु नाय नारायण ब्यञ्जनकारले सो विषयमा गम्भीर अनुसन्धान गरी चोरी भएको हितीमंग फेला पर्नेपर्ने धारणा राखे । रथयात्रा व्यवस्थापन गरिरहेको ज्यापु समाजका अध्यक्ष सन्तमान महर्जनले यस विषयमा सरोकारवालासंग छलफल जारी राखेको बताउनुभयो । भन्नुभयो–हिजो रथजात्रासंग सरोकार भएका सबै प्रमुखसंग छलफल गरेका छौ । हिती हराएको विषयमा प्रहरी परिसर र ललितपुरलाई जानकारी गराएका छौं  ।

  हयगृव भैरबनाथ तथा ३२ पानेजु संघका अध्यक्ष विनोद बज्राचार्यले  मंगहिती हराएको विषयमा अनुसन्धान गर्नुपर्ने बताउनुभयो । रातोमच्छिन्द्रनाथको धमामा राख्ने मंगहिटी हराउनुमा गुठीसंस्थानको गल्ती भएको बताउनुभयो ।

 उहाँले अब रथ तान्ने दिनसम्म हराएको मंगहिती नभेटिए अर्को बनाउनु पर्छ कि पर्दैन ? भन्ने विषयमा उहाँले शुरुमा रथयात्रा गर्दा राखेको थिएन , असार ३ मा राख्ने कि नराखि रथयात्रा गर्ने ? भन्ने विषयमा सबै सरोकारवालाबीच छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले यस विषयमा रथयात्रासंग सम्बन्धित सबैछलफल गर्नुपर्ने बताउनुभयो ।

 भन्नुभयो–रथयात्रा सकिनासाथ कसैले जिम्मेवारी नलिइकनै रथका सामाग्री रिक्सामा पठाउनु पर्ने चोरीको कारण हुनसक्ने बताउनुभयो । अहिलेसम्म कहिले हरायो भन्ने जानकारी भएको छैन । अब कसरी हरायो भन्ने विषयमा सुरक्षा निकायको सहयोगको खोजबिनलाई तीव्रता दिनुपर्छ । उहाँले सुरुको दिनमा रथयात्रा गर्दा मंगहिती थिएन । ३ गते के गर्ने  ? भन्ने विषयमा तत्काल निर्णय गर्नुपर्ने बताउदै तत्काल पुनर्निर्माण गरिहाल्ने हो भने आजैबाट तयारी थाल्नपर्छ । उहाँले आगामी वर्ष १२ वर्षे जात्राको कुनै समस्या हुन नहुने उहाँको भनाई थियो ।