उदयपुर।
उदयपुर जिल्लाकाे लिम्चुङबुङ गाँउपालिका वडा नं. ५ चौलानेका एक व्यक्ति उदयपुरकै राैतामाई गाउपालिका वडा न ३ भदाैरेस्थित सुनकाेशी नदीमा शनिवार साँझ मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएकाे जानकारी अनुसार शनिवार लिम्चुङबुङ गापा वडा नं ५का ५१ वर्षका रामशेर राई राैतामाई ३ स्थित भदौरे गाउँ नजिककाे सुनकाेशी नदीकाे किनारामा साकरिब चारबजे झ मृत फेला परेका हुन ।
गएकाे मङ्गलबार बिहान ११ बजे राईसहित ८ जना सुनकाेशी नदीमा माछा मार्न गएका थिए । लिम्चुङबुङ ४ सानरलुङ नजिककाे सुनकाेशी नदीमा माछा मार्ने क्रममा बेपता भएकामा सागै माछा मार्न जाने साथीहरुले खाेज तलास गर्दा फेला नपरेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले जानकारी पाउनासाथ खाेजतलास गर्ने कार्य अघि बढाइएको मा राैतामाई गापा ३ भदौरे नजिककाे सुनकाेशी नदीमा शनिवार दिउसाे निजकाेे लास फेला परेको प्रहरीले जनाएकाे छ ।
उक्त स्थानमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सहितको SOCO टोली खटिई गई आवश्यक कानूनी प्रकिया पुरा गरी पोष्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएकोमा पोष्टमार्टम पश्चात ऐ. १५:५५ बजे मृतकको छोरा जापान राईले जिम्मा बुझी लगेका छन् । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकाे छ ।











प्रतिक्रिया