थापाथलीका १३ घरवारविहीन सुन्दरीघाट राधास्वामी सत्संगमा स्थानान्तरण


काठमाडौँ ।

काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित अव्यवस्थित बस्ती खाली गराउने क्रममा घरवारविहीन बनेका १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा स्थानान्तरण गरेको जनाएको छ।

महानगर प्रहरी बलका एक अधिकृतका अनुसार ती व्यक्तिहरूको अभिभावक नभएको बुझिएको छ। उनीहरूको थप विवरण संकलन भइरहेको महानगरपालिकाले जनाएको छ।