थापाथलीपछि गैरीगाउँमा पनि आजै डोजर अभियान


काठमाडौं ।

काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ। सरकारको निर्देशनअनुसार बागमती नदी किनारका सार्वजनिक जग्गाबाट सुकुमबासी हटाउन आज बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसपछि त्यहाँ बसोबास गरिरहेका व्यक्तिहरू अन्यत्र सरेका छन्।

जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार थापाथलीका अनधिकृत टहरा हटाइसकेपछि काठमाडौं महानगरपालिका–९ गैरीगाउँस्थित बस्ती पनि खाली गर्ने तयारी भइरहेको छ। सरकारले दुई दिनअघि सूचना जारी गर्दै आज र भोलि मुख्य सुकुमबासी बस्तीहरू हटाउने योजना अघि बढाएको हो।