काठमाडौं ।
स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका–२ श्रीडाँडामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ भने कुखुरा फार्ममा ठूलो क्षति भएको छ।
शुक्रबार साँझ आफ्नै घरमा बसिरहेका २० वर्षीय मिलन विकलाई चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल लगिए पनि शनिबार बिहान प्रदेश अस्पताल पुतलीबजारमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
त्यसैदिन हरिनास गाउँपालिका–४ सारुथरस्थित तेजबहादुर थापाको कुखुरा फार्ममा चट्याङ परेपछि करिब ५५० वटा कुखुरा मरेका छन् र फार्ममा ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।
सोही घटनामा फार्म नजिकै करिब ३०० मिटर टाढा घरमा बसिरहेका ५८ वर्षीय खिमबहादुर थापा पनि चट्याङको झड्काबाट घाइते भएका थिए। उनी उपचारपछि डिस्चार्ज भएका छन्।











प्रतिक्रिया