थापाथली सुकुमवासी बस्ती भत्काउन थप २ डोजर परिचालन


काठमाडौं ।

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुमवासी बस्तीमा शनिबार बिहानदेखि संरचना भत्काउने काम जारी छ।

सरकारले सूचना जारी गरेअनुसार काठमाडौंका विभिन्न सुकुमवासी बस्ती खाली गराउने अभियान अन्तर्गत थापाथली क्षेत्रमा डोजर परिचालन गरिएको हो। बिहानैदेखि तीन वटा डोजरले संरचना भत्काइरहेका थिए भने दिउँसो थप दुई वटा डोजर पनि परिचालन गरिएको छ।

थापाथलीसँगै सिनामंगल र मनोहरा क्षेत्रमा पनि बस्ती खाली गर्ने प्रक्रिया अघि बढाइएको छ।