काठमाडौं।
हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। यसका कारण हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रही केही स्थानमा चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मध्यम वर्षा हुन सक्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका उच्च भूभागमा पनि असर देखिनेछ। तराई क्षेत्रमा भने आंशिक बदलीसँगै गर्मी बढ्ने र केही स्थानमा तातो लहर चल्ने सम्भावना छ।
राति हिमाली क्षेत्रमा सामान्य बदली रहने र कोशी तथा गण्डकीका केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।











प्रतिक्रिया