उदयपुर।
उदयपुरको बेलका नगरपालिका वडा नं ८ स्थित सप्तकोशी किनारमा रहेको अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान करिब ११ः४० बजे करिब २७ किलोग्राम लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।
सवारी साधनहरु चेकजाँच गर्ने क्रममा अटोमा ल्याउँदै गरेको करिब २७ किलोग्राम लागू औषध गाँजासहित चालक सोही स्थान बस्ने अशोक राईलाई नियन्त्रणमा लिइएको छ । पक्राउ परेका निजलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरमा राखी थप अनुसन्धान भइरहेको छ जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
यसैगरी वैशाख ९ गते बेलुका करिब ८ः१५ बजे उदयपुरको बेलका नगरपालिका वडा नं. १ आम्बासी स्थित रुपनगर–चतारा सडक खण्डमा लागूऔषध सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरी टोलीले फत्तेपुरबाट पैतालिस चोकतर्फ आउँदै गरेका सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार चालक आर्जु राई र पछाडि सवार श्याम कुमार कार्कीको साथबाट १५५ मिलिग्राम तौल रहेको ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित निजहरुलाई पक्राउ गरिए जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । निजहरु सवार मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिला, उदयपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाउको छ ।











प्रतिक्रिया