डोजर दुर्घटनामा वडाध्यक्ष गुरुङ गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो

0
Shares

धादिङ ।

धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिका–६ का वडाध्यक्ष समीर गुरुङ डोजर दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। डोजर ब्याक गर्ने क्रममा चेनले लाग्दा उनी गम्भीर रूपमा घाइते भएका हुन्।

स्थानीय समाजसेवी जीवन तामाङका अनुसार दुर्घटनापछि गुरुङलाई तत्काल उद्धार गरी हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ। हाल उनको काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको बताइएको छ।

घटनापछि स्थानीयवासी तथा जनप्रतिनिधिहरूले गुरुङको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। दुर्घटनाबारे थप विवरण आउने क्रम जारी रहेको छ।